पुर्चौडीमा पहिलो पटक प्रहरी निरीक्षक खटिए, नगरमा स्वागत

दार्चुला । बैतडीको पुर्चौडी नगरपालिकास्थित पुरघाट प्रहरी चौकी हाटमा पहिलो पटक प्रहरी निरीक्षक खटाइएको छ । ठूलो क्षेत्र भएकाले सो ठाउँमा प्रहरी निरीक्षक खटाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एबं प्रहरी निरीक्षक दर्शन खड्काले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक हरिशरण भट्टलाई अहिले काजमा खटाइएको उहाँले बताउनुभयो । आज पुर्चौडी नगरपालिका, नगरकार्यपालिकाको कार्यालय हाटमा प्रहरी निरीक्षक खड्कालाई स्वागत गरिएको नगरप्रमुख रणबहादुर कुवँरले जानकारी दिनुभयो ।

पुरघाट प्रहरी चौकीलाई इलाका प्रहरी कार्यालयमा स्तरोन्नती गर्ने कार्य भईरहेकाले प्रहरी निरीक्षक खटाइएको प्रवक्ता खड्काले बताउनुभयो । प्रहरी चौकीमा प्रहरी निरीक्षक खटाएसंगै अपराध न्यूनीकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

पहिलो पटक पुर्चौंडीमा प्रहरी निरीक्षक खटाइएकाले समाजमा शान्ति सुरक्षा स्थापनामा सहयोग पुग्ने पुर्चौंडी नगरपालिकाका नगरप्रमुख कुवँरले बताउनुभयो । पुरघाट प्रहरी चौकी हाटको इन्चार्जको जिम्मेवारी समेत भट्टले पाएको सइ रोहितकुमार कुवँरले बताउनुभयो ।

पुर्चौडी क्षेत्रमा पहिलो पटक प्रहरी निरीक्षक खटिएकाले अपराध न्यूनीकरण, सामाजिक शान्ति कायम गर्न सहयोग पुग्ने विस्वास गरिएको नगरउपप्रमुख जानकी ऐर बमले बताउनुभयो । पुर्चौंडीमा इलाका प्रहरी कार्यालय स्थापनाको निर्णय पनि छिट्टै हुने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

सायद 1 व्यक्ति, उभिएको तथा  घरभित्र को तस्बिर हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?