अपिहिमाल गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

दार्चुला । अपिहिमाल गाउँपालिकाले शनिबार आगामी आर्थिक वर्ष ०७७।०७८ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष उर्मिला बोहराको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमा गाउँपालिका अध्यक्ष धर्मानन्द सिंह मन्यालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोरोना भाइरससँग जुध्दै समग्र अपिहिमालको विकासमा केन्द्रीत हुने विषयलाई प्रार्थमिकतामा राखिएको बताउनुभयो ।

गाउँपालिकाले मुख्यतया कोरोना रोकथाम तथा नियन्त्रण गर्ने र कोरोनाले प्रभाव पारेका क्षेत्रहरुको विकासका लागि नीति ल्याएको छ । सम्बृद्ध अपिहिमाल निर्माणको अभियानलाई मूर्त रुप दिने गरी शिक्षा, स्वास्थ्य, कृषि, यातायात, जलविद्युत, खानेपानी, पर्यटन लगायत क्षेत्रको विकासलाई मध्यनजर गरेर नीति तथा कार्यक्रम सार्वजनिक गरिएको अध्यक्ष मन्यालले बताउनुभयो ।

गाउँपालिकाले कृषि, जलविद्युत, स्वरोजगार र पुर्वाधार विकासमा जोड दिएको छ । कोरोना भाइरसका कारण बेरोजगारी र गरिबीको चपेटामा परेका व्यक्तिको लागि तत्काल राहत पुग्ने गरी कार्यक्रम कार्यान्वयन गरिने जनाइएको छ ।

अपिहिमाल गाउँपालिकाको वार्षीक नीति तथा कार्यक्रमको पूर्ण पाठ लोकदर्पण टीभी डटकम अनलाइनमा केहि समयपछि प्रकाशन हुनेछ । नीति तथा कार्यक्रम सार्वजनिकिकरण कार्यक्रमको रेडियो लोकदर्पण ९४.६ मेगाहर्जबाट प्रतक्ष्य प्रसारण समेत गरिएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?