बैतडीको पाटन नगरपालिकामा स्थानीय पाठ्यक्रम तयार

बैतडी । पाटन नगरपालिकामा स्थानीय पाठ्यक्रम तयार पारिएको छ । बैतडीको पाटन नगरपालिकाले स्थानीय पाठ्यक तयार गरेर स्वीकृत भइसकेको नगरपानलिकाका प्रवक्ता लोकबहादुर भण्डारीले जनाकारी दिनुभयो ।

स्थानीय संस्कृती, जनजीवन, भुगोल, इतिहास, परम्परा, धार्मिक तथा पर्यटकिय क्षेत्र लगायतका पक्षलाई समेटेर स्थानीय पाठ्यक्रम निर्माण गरिएका पाटन नगरपालिकाका शिक्षा शाखा प्रमुख बिर्ख राज भट्टले बताउनुभयो । आधारभूत तह १ देखि ३ कक्षा सम्मको पाठ्यक्रम निर्माण भएर नगरकार्यापालिकाबाट स्वीकृत समेत भइसकेको उहाँले बताउनुभयो ।

स्वीकृत भएको पाठ्यक्रम विद्यालय तहमा चाँडै लागु हुने शिक्षा शाखा प्रमुख भट्टको भनाई छ । बैतडीका तीन स्थानीयतहले स्थानीय पाठ्यक्रम निर्मााण गरिसकेका छन् ।

जिल्लाको शिवनाथ गाउँपालिका , मेलौली नगरपालिका र पाटन नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरि सकेका हुन् । बाँकी स्थानीय तहले भने पाठ्यक्रम निर्माणको प्रकृयामा रहेको जनाएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?