डोटीमा महिनावारी हुँदा छाउ नबार्ने १४ महिलालाई नगद पुरस्कारसहित सम्मान

डोटी । डोटीको पूर्वीचौकी गाउँपालिकाले महिनावारी रजस्वला भएको बेला घरैमा बस्ने १४ महिलालाई नगद पुरस्कारसहित सम्मान गरेको छ । वर्षभरिमा महिनावारी हुँदा घरैमा बस्ने वडाभरिका १४ महिलालाई सम्मानस्वरुप पुरस्कृत गरिएको गाउँपालिकाले जनाएको छ ।

महिनावारी भएका बेला छाउ बार्ने परम्परा तोडेको भन्दै उनीहरुलाई नगद पुरस्कार जनही पाँच हजार रुपैयाँसहित सम्मान गरिएको गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले जानकारी दिनुभयो । महिनावारी छाउ बारेकै कारण यस गाउँपालिकामा अहिलेसम्म तीन महिलाले अकालमै ज्यान गुमाइसकेको पाइएको छ ।

गाउँपालिकाले महिनावारी नबार्न गाउँमा विभिन्न कार्यक्रम सञ्चालन गरेपछि अहिले त्यहाँका महिला महिनावारी हुँदा घरै बस्ने गरेको गाउँपालिका उपाध्यक्ष निर्मलादेवी साउदले बताउनुभयो ।

छाउ भएका बार्ने महिला तथा छाउ बार्न लगाउनेलाई पालिकाले नागरिकता सिफारिस, जन्म, मृत्यु दर्तालगायतका सेवा दिन बन्द गर्ने निर्णय गरेसँगै अहिले छाउ बार्ने महिलाको सङ्ख्या घटेको निमित्त प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर खड्काले बताउनुभयो।

गाउँपालिकाले वर्षभरिमा महिनावारी अर्थात् छाउ हुँदा नबार्ने महिलालाई वर्षैपिच्छे सम्मान गर्दै जाने योजना बनाएको छ । सुदूरपश्चिम प्रदेशमा महिनावारीलाई छाउपडी भन्ने चलन छ । यहाँका महिला छाउ हुँदा गाउँभन्दा निकै टाढा अलग्गै छाउ घर तथा गोठमा बस्नुपर्ने चलन छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?