सिगासमा एक पुरुष मृत भेटिए, हत्याको आशंका

दार्चुला । बैतडीमा एकजना मृत भेटिएका छन्। जिल्लाको सिगास गाउँपालिका वडा नम्बर ५ का ३६ बर्षिय नैन सिँह रोकाया मृत फेला परेको शिवलिंग प्रहरी चौकीका हवल्दार दिपेन्द्र पालले जानकारी दिनुभयो ।

उहाँका अनुसार सोमबार घरबाट गाउँपालिकाको कार्यालय गर्जे हिडेका रोकाया आज मृत अवस्थामा फेला परेका हुन्। सिगास गाउँपालिका ६ को लामबगर घर भएका रोकाया महादेबडाँडा भन्ने ठाउँमा मृत भेटिएका हुन्।

रोकायाको शव डाँडाबाट करिव ३०० मिटर तल खसेको अवस्थामा रुखमा भेटिएको हो। सोमबार गर्जेबाट फर्किएर घर आउने क्रममा लडेर मृत्यु भएको हुनसक्ने हवल्दार पालले बताउनुभयो । तर, उनका आफन्त र स्थानीयले भने हत्या गरिएको हुनसक्ने भन्दै शव नउठाउने बताएका छन्।

उनी सिगास गाउँपालिकाको गरिव घर तथा परिचयपत्र वितरण कार्यक्रम अन्तरर्गत गणकको रुपमा कार्यरत थिए। उनी घरबाट कार्यालयकै कामका लागि गएको बताईएको छ। प्रहरीले थप अनुसन्धान भईरहेको जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?