सचिवको कोठाबाट ३९ लाख सामाजिक सुरक्षा भत्ता गायब

बझाङ। बझाङको बुङगल नगरपालिका वडा न ९ र ११ को सामाजिक सुरक्षा भत्ता बाफतको रकम वडा सचिवको कोठाबाट चोरी भएको छ ।

नगरपालिकाको वडा नम्बर ९ र ११ को कार्यालय सचिवको जिम्मेवारी सम्हाल्नु भएका सचिव वपिन्द्र महतो कोठाबाट नगरपालिकाको ९ र ११ नम्बरवडामा वितरण गर्नको लागि राखिएको ३९ लाख रकम २९ गते राती चोरी भएको हो । सचिव वडा सदस्य धनबिर बोहराको घरमा भाडामा बस्दै आउनु भएको र पैसा पनि सोही घरको कोठाबाट चोरी भएको प्रहरीले जानकारी दिएको छ ।

घटनाको प्रवृत्ति हेर्दा चोरी भएको भनिएपनि कोठामा तोडफोड गर्ने लगायतको कुनै पनि क्रियाकलाप नभएको पाइएको छ । पैसा राखिएको दराजसमेत तोडफोड नभएको हुँदा घटना शङ्कास्पद देखिएको स्थानीय खडक बोहराले बताउनुभयो ।

वडा सचिव महतोसहित घरबेटीलाई सोधपुछकालागि नियन्त्रणमा लिएर प्रहरी अस्थायी पोस्ट पुतलिलेक र इलाका प्रहरी कार्यालय झापाले घटनाको अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्कीको बताउनुभयो ।

निरीक्षक कार्कीले भन्नुभयो, ‘सचिवले कोठा नजिकै वडा कार्यालय भएकाले आफू करिब ९ बजेतिर नेट चलाउन वडा कार्यालय गएको र पैसा दराजमा राखेर ताला लगाएको बताएका छन् ।

उक्त घरमा सचिव लगायत २ जना कोठा भाडामा बस्ने गरेको र घरबेटी अर्को घरमा बस्ने गरेको बुझ्नमा आएको छ । करिब २१ लाख ९१ हजार रकम वितरण गरिसकेको र ३९ लाख वितरण गर्नको लागि राखिएको बुझ्नमा आएको छ । सचिव लगायत घरबेटीलाई सोधपुछ गरी अनुसन्धान गर्ने काम भइरहेको छ ।’

स्थानीयहरूले ताला लगाएको दराजबाट पैसा सुटुक्क राती पैसा चोरी नभई मिलेमतो भएको हुन सक्ने आशंंका गरेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?