दार्चुला । कैलालीमा खोलामा बगेर एक किशोरी बेपत्ता भएकी छिन् । जिल्लाको गोदावरी नगरपालिका–६ लालपुरकी १८ वर्षीया आरती घर्तीमगर बिहीबार सोही ठाउँमा रहेको गौरीदेवी खोलामा बगेर बेपत्ता भएकी हुन् ।
दिउँसो नुहाउने क्रममा उनीसहित अन्दाजी १८ वर्षीया सीता घर्तीमगर खोलामा बगेका थिए। स्थानीयले सीतालाई बगेको देख्नासाथ उद्दार गरेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरीक्षक उमेर चन्दले बताउनुभयो ।
तर सँगै बगेकी आरती भने बेपत्ता रहेको उहाँले बताउनुभयो । अहिले बेपत्ता किशोरीको खोजीका लागि प्रहरी टोली खटिएको इलाका प्रहरी मालाखेतीले जनाएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया