तपोवन माबि दार्चुलाको दोस्रो तिन तारे विद्यालय घोषणा, कक्षा ११ सञ्चालनको अनुमति

दार्चुला । दार्चुलाको मार्मा गाउँपालिका वडा नम्बर ४ तपोवनमा रहेको तपोवन माबि पडपडा दार्चुलाको दोस्रो तीन तारे विद्यालय घोषणा भएको छ ।

खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धिका मापदण्ड पूरा भएपछि विद्यालयलाई तीन तारे विद्यालय सुनिश्चितता घोषणा गरिएको हो । तीन तारे विद्यलाय हाम्रो शान, विद्यार्थी, शिक्षक र अभिभावक सबैको स्वाभिमान भन्ने नाराका सहित विद्यालयलाई तीन तारे सुनिश्चितता घोषणा गरिएको छ ।

खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धिका १० वटा सुचक पूरा गरेपछि ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाको सहयोगमा विद्यालयलाई तीनतारे विद्यालय घोषणा गरिएको हो । यसअघि नौगाड गाउँपालिकाको एउटा विद्यालयलाई जिल्लाकै पहिलो तीन तारे विद्यालय घोषणा गरिएको मार्मा गाउँपालिका जलस्रोत अधिकृत रमेशचन्द्र अवस्थीले जानकारी दिनुभयो । तपोवन माबिलाई जिल्लाकै दोस्रो तीन तारे विद्यालय घोषणा गरिएको उहाँले बताउनुभयो ।

तपोवन माबिलाई कक्षा ११ को पढाइ सञ्चालन गर्न अनुमति समेत प्रदान गरिएको छ । मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामीले विहिबार तपोवन माबि पडपडालाई कक्षा ११ को पढाइ सञ्चालनको अनुमती पत्र समेत प्रदान गर्नुभएको हो ।

वडा अध्यक्ष उदयसिंह महराको अध्यक्षता एबं सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामी सन्तोषको प्रमुख आतिथ्यतामा तपोवन माबि पडपडालाई तीन तारे विद्यालय घोषणा संगै कक्षा ११ को पढाइ सञ्चालनको अनुमति प्रदान गरिएको छ ।

कार्यक्रममा बोल्दै मन्त्री धामीले तीन तारे घोषणा भएको तपोवन माबिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै शिक्षा क्षेत्रको थप विकास र सुधारका लागि सबै पक्षले लाग्नुपर्ने धारणा राख्नुभयो । फरक प्रसंगमा उहाँले बाढी पहिरोका कारण नौगाड गाउँपालिका र मार्मा क्षेत्रमा करोडौँको क्षती भएकोले राहात तथा पुनस्थापनाका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । जिल्लाको उद्योग, पर्यटकीय र धार्मीक विकासको लागि योजनाबद्ध ढंगले योजना तथा कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।

संघीयतापछि विकास निर्माणका कामले गति लिएको मन्त्री धामीको भनाई छ । कार्यक्रममा मन्त्री धामीसंगै जिल्ला समन्वय समिति उपप्रमुख कृष्णसिंह धामी, मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामी लगाययको समेत सहभागिता रहेको थियो ।

मन्त्री धामीलाई मार्मा गाउँपालिकाले गाउँपालिकामा स्वागत समेत गरेको गाउँपालिकाका सब इन्जिनियर बिक्रम जोशीले बताउनुभयो ।

No description available.

No description available.

No description available.

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?