कैलालीमा केही खुकुलो बनाउँदै साउन ११ गतेसम्मका लागि निषेधाज्ञा थप

कैलाली कैलालीमा केही खुकुलो बनाउँदै निषेधाज्ञा थप गरिएको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सिफारिसका आधारमा प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले झण्डै तीन महिनादेखि बन्द रहेका सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, सभासम्मेलन, खेलकुद लगायत मानिसको बढि भीडभाड हुने क्षेत्र बाहेकका व्यापार व्यवसाय स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर बिहान ५ देखि राति ८ बजेसम्म सञ्चालन गर्न पाउने आदेश गरेका छन् ।

शुक्रुबार जारी गरिएको आदेशमा साउन ११ गतेसम्म जिल्लाभर निषेधाज्ञा जारी रहने उल्लेख गरिएको छ । यो अवधिमा मानिसको बढि भीडभाड हुने शिक्षण संस्था, पुुस्तकालय, जिप खाना,नाचघर लगायतका स्थल पनि तत्काल सञ्चालन गर्न पाइने छैन।

अत्यावश्यक कामले जिल्ला प्रवेश गर्ने र बाहिरिने सवारीसाधन स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर चल्न दिने, सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन गर्न पाइने पनि स्थानीय प्रशासनले जनाएको छ ।

जिल्लामा कोरोना भाइरसको संक्रमणको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य रुपमा पालना गर्न समेत आग्रह गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?