बैतडी । जिल्ला अस्पताल बैतडीमा अबदेखि शनिबार पीसीआर परीक्षण नगरिने भएको छ।
कोरोना भाइरसको जोखिम घट्दै गएको भन्दै अस्पतालले पीसीआर प्रयोगशालामा शनिबार कोरोना परीक्षण नगर्ने बताएको हो।
अस्पतालले शुक्रबार एक सूचना जारी गर्दै लक्षण भएका बिरामी, कन्ट्रयाक्ट ट्रेसिङमा परेका व्यक्ति तथा नेपाल सरकारले तोकेको निस्शुल्क परीक्षणको मापदण्डभित्र पर्नेलाई मात्र निस्शुल्क पीसीआर परीक्षण गरिने जनाएको छ।
अन्यका हकमा भने एक हजार रुपैयाँ शुल्क लाग्ने बताइएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया