डोटी । जिल्ला अस्पताल डोटीको एम्बुलेन्स बाटोमै अलपत्र अवस्थामा छ । बिरामी बोकेर असार २५ गते कैलालीको धनगढी जाँदा बिग्रिएको एम्बुलेन्स बाटोमा अलपत्र अवस्थामा रहेको हो ।
जिल्ला अस्पतालमा कार्यरत एक कर्मचारी बिरामी भएपछि थप उपचारका लागि धनगढी लैजाने क्रममा उक्त एम्बुलेन्स डडेल्धुराको साहुखर्क भन्ने स्थानमा बिग्रिएको थियो । एम्बुलेन्स बिग्रेपछि चालकले निजी कार बोलाएर बिरामीलाई धनगढी पु¥याएर जिल्ला फर्कीएका भए पनि बिग्रिएको एम्बुलेन्स बाटोमै अलपत्र अवस्थामा रहेका छ ।
बिचबाटोमा बिग्रिएको एम्बुलेनस बनाएर जिल्ला फर्काउने तयारी भइ रहेको जिल्ला अस्पताल डोटीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया