दार्चुला । बाख्रा चराउने क्रममा ढुङ्गा खसेर गम्भीर घाइते भई दुई हप्ता पहिलेदेखि सेती अञ्चल अस्पताल धनगढीमा उपचाररत शैल्यशिखर नगरपालिका ४ रानिशिखरका अर्जुनसिंह ठगुन्नाकी छोरी जयन्ती ठगुन्नाको धनगढीमा उपचार सम्भब नभएपछि काठमान्डौँ रेफर गरिएको छ ।

उपचारका लागि ’गाउँ निर्माणमा हाम्रो पहल’ अभियान रानिशिखरले आर्थिक सहयोग संकलन गरिरहेको अभियानका संस्थापक सदस्य विसनसिह बोहराले जानकारी दिनुभयो ।

शैल्यशिखर नगरपालिका ४ मा रहेको जङ्गलमा बाख्रा चराइरहेका बेला जेठ १६ गते ढुङ्गाले लागेर दुवै खुट्टा, हात र टाउकोमा चोट लागि गम्भीर घाइते भएकी १४ वर्षीय जयन्तीको उपचारका लागि अहिलेसम्म झण्डै २ लाख ५० हजार आर्थिक सहयोग संकलन भएको उक्त अभियानका सचिब रामसिंह ठगुन्नाले लोकदर्पण टीभी अनलाइनलाई जानकारी दिनुभयो ।

घाइते बालिकाको परिवारको आर्थिक अवस्था कमजोर भएका कारण आफुहरूले सामाजिक संजालबाट सहयोग आह्वान गरेको “गाउँ निर्माणमा हाम्रो पहल“ अभियानका सचिब ठगुन्नाले बताउनुभयो । हात र दुबै खुट्टा भाचिएकी बालिकाको उपचारमा अझैपनि लाखौँ सहयोग आवश्यक भएकोले बालिकाको जीवन रक्षाका लागि सहयोग गर्न सबैलाई अपिल गरिएको छ ।

 

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

शक्तिशाली लटिनाथ मन्दिर जयपुरमा बृहत नवमी जात्रा, धार्मिक महिमा र जात्रा विशेष (भिडियो)

२०८२ कार्तिक १३, बिहीबार १८:२५ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?