बैतडी । लगातारको बर्षाका कारण महाकाली लोकमार्ग अवरुद्ध भएको छ । महाकाली राजमार्ग अन्त सतबाँझ –गोकुलेश्वर सडकखण्डको बैतडीको सुर्नया गाउँपालिका ३ धरमघर भन्ने स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो।
सडकमाथिबाट पहिरो खसेकाले अहिले गाडीहरु बीचबाटोमै रोकिएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो । पहिरो पन्छ्याउनका लागि प्रयास भईरहेको उहाँले बताउनुभयो ।
महाकाली लोकमार्ग अवरुद्ध हुँदा दार्चुलातिर जाने गाडीहरु र दार्चुलाबाट अन्यत्रका लागि छुटेका गाडीहरु बीचबाटोमै रोकिएका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया