कैलालीमा लामो दुरीका सवारीसाधन चलाउन पाइने

कैलाली । कैलालीमा लामो दुरीका सवारीसाधन पनि चलाउन पाइने भएको छ ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका कारण झण्डै साढे दुुई महिनादेखि बन्द अवस्थामा रहेका लामो दुरीका सवारीसाधन चलाउन पाइने भएको हो ।

मंगलबार कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले आदेश जारी गर्दै जनस्वास्थ्यका मापदण्डको पूर्ण रुपमा पालना गरेर जिल्लामा लामो तथा छोटो दुरीका सवारीसाधन सञ्चालन गर्न सकिने जनाएका हुन् ।

जारी आदेशमा त्रिभुुवन विश्वविद्यालय, लोक सेवा आयोग लगायतका निकायबाट परीक्षाको कार्यक्रम सार्वजनिक भएकाले परीक्षार्थीहरुको आवागमनलाई दृष्टिगत गरेर सवारीसाधन सञ्चालनको व्यवस्था गरिएको उल्लेख छ ।

कैलालीमा गत बैशाख १६ गतेदेखि जारी निषेधाज्ञालाई असारदेखि खुुकुलो बनाउदै लगिएको थियो । अहिले यहाँ मानिसको बढी भीडभाड हुने स्थान बाहेक बजार, व्यवसाय पूर्ण रुपमा खुुलिसकेका छन् । तर कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालना गर्न स्थानीय प्रशासनले सबैसँग अनुरोध गरेको छ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?