दार्चुला । शुक्रबारको अविरल वर्षाका कारण बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ९ तल्लादेहिमा एक दर्जन घर परिवार पहिरोको उच्च जोखिममा परेका छन् ।
तल्लादेही डाडाखाली टोलमा १२ परिवार पहिरोको जोखिममा रहेको र छ घर परिवार उच्च जोखिमका कारण सुरक्षित स्थानमा बसाइ सरेको वडाअध्यक्ष रम्भा बोहराले बताउनुभयो ।
पहिरोको जोखिममा परेका घरहरुमध्ये ११ परिवार दलित वस्तीका छन् ।
पहिरोको जोखिम बढेपछि डाडाखाली टोलका तीन परिवारलाई लोखाडी आबि डाडाखालीमा राखिएको र तीन वटा परिवारलाई आफन्तको खाली घरमा सारीएको वडाअध्यक्ष बोहरालाई उद्धित गर्दै पुर्चौडीबाट लोकदर्पण समाचारदाता हरिसिह साउदले जानकारी दिनुभएको छ ।
पहिरो पिडित परिवारहरुलाई खान बस्न समस्या भएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया