बझाङमा नदीमा हाम फालेर एकजना बेपत्ता

बझाङ । बझाङमा सेती नदीमा हाम फालेर एकजना बेपत्ता भएका छन्। आइतबार बिहान करिब ७ बजे जयपृथ्वी नगरपालिका ११ काप्रिकोटका ६० वर्षीय धर्मराज जोशी हाम फालेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

स्थानीयले कपडेको झोलुङ्गे पुलनेरबाट सेती नदीमा हाम फालेर बेपत्ता भएको खबर गरेपछि प्रहरीले खोजी सुरु गरेको छ। हामफाल्नुको कारण भने अझैसम्म खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख रूपक खड्काले बताउनुभयो ।

जोशीको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?