दार्चुला । बैतडीको दोगडाकेदार गाउँपालिकाले सडक स्वयमसेवक नियुक्त गरेको छ।
पालिकाका ग्रामिण सडकहरु नियमित सञ्चालामा बाधा नपुगोस् भन्ने द्येयले सडकको मर्मत सम्भारका लागि स्वयमसेवक नियुक्त गरिएको बताइएको छ। गाउँपालिकाका सबै वडामा रहेका शाखा सडकहरुको मर्मत सम्भारका लागि ४० जना स्वयमसेवक खटाइसकेको गाउँपालिकाले जनाएको छ।
सडक मर्मत स्वयंसेवकका लागि चालु आर्थिक वर्षमा ७० लाख बजेट विनियोजन गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रविन्द्र धामीले जानकारी दिनुभयो।
एक जनालाई मासिक १३ हजार ५ सयका दरले तलब दिने गरी स्वयंसेवक परिचालन गरिएको उहाँले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया