बैतडी । चट्याङ लागेर बैतडीमा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दशरथचन्द नगरपालिका ९ मङरुका ९ वर्षीय भरतराम कोली रहेको बैतडीका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो ।
सोमबार साँझ करिब ७ बजेतिर नजिकै रहेको पधेरोमा पानी भर्न गएका बेला भरतलाई चट्याङ लागेको प्रहरीले् जनाएको छ । चट्याङ लागेका बालककोे घटनास्थलमै मृत्यु भएको हो ।
उनीसंगै पानी भर्न गएका एक अर्का बालिका भने सकशुल रहेका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया