सुदूरपश्चिम प्रदेश युवा परिषद्मा दार्चुलाबाट हिरा धामी नियुक्त

दार्चुला । सुदूरपश्चिम प्रदेश युवा परिषद्ले पुर्णता पाएको छ । मंगलबार विभिन्न पदमा पदपुर्ती गरिएसँगै प्रदेश युवा परिषद्ले पुर्णता पाएको हो ।

यसअघि सुदूरपश्चिम मन्त्री परिषद्ले कार्यकारी उपाध्यक्ष युवराज कुँवरलाई नियुक्त गरेको भए पनि सदस्यहरुको पदपुर्ती नहुदाँ परिषद्ले पुर्णता पाउन सकेको थिएन । मंगलबार दार्चुलाबाट हिरासिंह धामी सहित विभिन्न जिल्लाबाट सदस्यहरु नियुक्त भएसंगै समितिले पुर्णता पाएको हो ।

समावेशीता र भुगोलका आधारमा रहेर रिक्त सदस्यहरु पदपुर्ती गर्नु पर्ने भएकाले केही बिलम्ब भएको सामाजिक विकासमन्त्री लाल बहादुर खड्काले जानकारी दिनुभयो । रिक्त पदहरुमा पदपुर्ती गर्दै मनोनित सदस्यहरुलाई आजै सपथग्रहण पनि गराईएको छ ।

अब प्रदेश सरकारले युवाका क्षेत्रका अख्तियार गरेका कार्यक्रमहरु कार्यान्वयन गर्न सहज हुने अपेक्षा गरिएको छ । समृद्ध प्रदेश निर्माणका लागि उत्पादनसँग युवाहरुलाई जोडेर दक्ष युवा उत्पादनमा जोड दिने परिषदका कार्यकारी उपाध्यक्ष युवराज कुँवरले बताउनुभयो ।

शपथ ग्रहण समारोहमा सामाजिक बिकास राज्यमन्त्री मना कुमारी साउँदको समेत सहभागिता रहेको थियो । यस्तै शपथ ग्रहण कार्यक्रमपछि सुदूरपश्चिम प्रदेश युवा परिषद्को कार्यालयको पनि उद्घाटन गरिएको छ ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?