एकैघरका दाजुभाईको मृत्यु: स्वाली गाउँ शोकमा डुब्यो

बैतडी । एकैघरका दुईजनाको युवकको करेन्ट लागेर मृत्यु भएपछि बैतडीको सुर्नया गाउँपालिका ५ को स्वाली गाउँ शोकमा डुबेको छ । एकैघरका सहोदर दाजुभाईको करेन्ट लागेर मृत्यु भएको हो ।

सुर्नया गाउँपालिका ५ का स्वालीका २१ बर्षीय सन्तोष चन्द र १८ बर्षीय अमृत चन्दको बुधबार राती सवा ९ बजे जंगली बँदेलका लागि थापेको विद्युतीय धरापमा परेर मृत्यु भएपछि अहिले गाउँ नै शोकमा डुबेको छ । एकैघरका दुईजना कलिला उमेरका दाजुभाईको मृत्युको खबरले गाउँ शोकमग्न बनेको छ ।

मृतकका आमाबुवा होसमा छैनन् भने गाउँमा सान्नटा छाएको स्थानीय देवबहादुर चन्दले बताउनुभयो । उहाले भन्नुभयो ‘हामीले कल्पना नगरेको घटना भएको छ । गाउँ पुरै शोकमग्न भएको छ । कलिला युवा गुमाउँदा हामीलाई असह्य पीडा भईरहेको छ ।’

विद्यालय पढ्दै गरेका किशोरहरुको अकल्पनीय मृत्यु भएपछि गाउँमा अहिले उनीहरुसंगका साथीभाई समेत शोकमा डुबेका छन् । ‘संगै विद्यालय जान्थ्यौं । निकै रमाइलो हुन्थ्यो । सदाका लागि साथ छुटेपछि हामीलाई असह्य पीडा भईरहेको छ ।’ मृतक अमृतका साथी मनिष चन्दले भन्नुभयो, ‘अझै पनि विश्वास लागेको छैन् । तर दैवले हानेको चोट सहनुको विकल्प छैन् ।’

जंगली बँदेलले मकैबाली सखाप पार्न थालेपछि किसानहरु बँदेल धपाउन विभिन्न उपाय गरिरहेका छन् । बँदेलका लागि छाडिएको नांगो तारमा छोइएपछि दुईजना किशोरले अकालमा ज्यान गुमाएका छन् । जंगली बँदेलका कारण भोकमरी हुन थालेपछि किसानहरु आफ्नो ज्यानको बाजी थापेर पहरा दिईरहेका छन् तर मकै जोगाउन सकिएको छैन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?