लटिनाथ मन्दिरको सुनचोरी प्रकरण : दुईजना कारागार चलान, पाँच जना धरौटीमा छुटे

दार्चुला । बैतडीको दोगडाकेदार गाउँपालिका १ रीमस्थित लटिनाथ मन्दिरको सुनचोरी प्रकरणमा दुईजनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालत बैतडीका न्यायधिश तीलकबहादुर कार्कीको एकल इजलासले सो घटना संलग्न रहेका दुईजनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो ।

मन्दिरको भण्डार घर फोडी सुन चोरी कार्यमा संलग्न भएका दोगडाकेदार गाउँपालिका १ रीमका धनबहादुर कार्की र केशवराम सार्कीलाई कारागार चलान गरिएको हो ।

यस्तै मन्दिरबाट चोरिएको सुन खरीद गरेको आरोपमा पक्राउ परेका सुनचाँदी व्यवसायी बैतडीको दशरथचन्द नगरपालिका ४ गढीका कञ्चन पौडेल र गणेश पौडेल तथा दार्चुलाको शैल्यशिखरका भुवनसिंह साहु धरौटी रिहा भएका छन् । उनीहरु जनही ५० हजार रुपैंया धरौटीमा रिहा भएका प्रहरी निरीक्षक ओझाले बताउनुभयो ।

यस्तै मन्दिरको सुनचोरी प्रकरण पक्राउ परेका दोगडाकेदार गाउँपालिका १ रीमका लालबहादुर कार्की र हरिकृष्ण सार्की जनही १० हजार धरौटीमा छुटेका प्रहरीले जनाएको छ ।

लटिनाथ मन्दिरको सुन गत मंसिर चोरी भएको भएपनि स्थानीयहरुले गत चैतमा मात्रै थाहा पाएका थिए । मन्दिरको सुन चोरिएको बिषयमा केही महिना गाउँमै सोधपुछ गरिएको र असार अन्तिम साता प्रहरीमा उजुरी दिएको थियो ।

उजुरी पछि प्रहरीले पौने चार तोला सुन सहित ७ जनालाई नियन्त्रणमा लिएको छ । ४ जना स्थानीय र तीनजना सुनचाँदी व्यवसायीलाई नियन्त्रणमा लिएर अनुसन्धान सकेर अदालतमा पेश गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?