बैतडीका चार स्थानीय तह कोरोना संक्रमितमुक्त

दार्चुला । बैतडीमा तत्कालका लागि चारओटा स्थानीय तहमा कोरोनाका सक्रिय संक्रमित शुन्य भएका छन् । अहिले जिल्लाका ६ ओटा स्थानीय तहमा मात्रै कोरोनाका सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लाको मेलौली नगरपालिका, पुर्चौंडी नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो ।

ती स्थानीय तहहरुमा कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका भएपनि जोखिम भने कायमै रहेको छ । कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड अपनाउन स्वासथ्यकर्मीहरुले आग्रह गरेका छन् ।

पछिल्लो समयमा कोरोनाको परीक्षणदर पनि घटाइएको छ । स्थानीय तहहरुले कोरोना परीक्षण गर्न छोडेका छन् । फाट्टफुट्ट रुपमा कोरोना परीक्षण गर्ने गरिएको भएपनि नियमित रुपमा कोरोना परीक्षण गर्न छोडिएको छ । परीक्षण कम भएका कारणले पनि कोरोना संक्रमणदर घटेको हुन सक्ने बताइएको छ ।

बैतडीमा बिहीबार नयाँ संक्रमितको संख्या शुन्य रहेको छ । ३३ जनाको एन्टीजेन परीक्षण गर्दा सबैको रिपोट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै आज एकजना कोरोना संक्रमणमुक्त भएका छन् । जिल्लामा अहिले ३६ जना सक्रिय संक्रमित रहेका छन् ।

सक्रिय संक्रमित मध्ये दशरथचन्द नगरपालिकामा २१ जना, पाटन नगरपालिकामा ४ जना, सिगास गाउँपालिकामा ४ जना, दोगडाकेदार गाउँपालिकामा २ जना, डिलाशैनी गाउँपालिकामा २ जना र सुर्नया गाउँपालिकामा १ जना रहेका छन् । बैतडीमा जिल्ला बाहिरका २ जना सक्रिय संक्रमित रहेका बताइएको छ ।

बैतडीका ४ स्थानीय तहमा तत्कालका लागि कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?