कैलाली । कैलालीबाट रोजगारीको सिलसिलमा भारत गएका एकजनाको मृत्यु भएको छ। साउन १५ गते धनगढीबाट पशुपति टुर एण्ड ट्राभल्समार्फत भारतको बैंग्लोर गएका कैलालीको जानकी गाउँपालिकास्थित दुर्गौलीका ३३ वर्षीय पशुपति आचार्यको बाटोमै मृत्यु भएको हो।
ट्राभल्सका सञ्चालक दीपक विष्टका अनुसार पशुपतिले बैंग्लोर पुग्नअघि नै गाडीबाट हाम फालेको र उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको दाबी गरेका छन् । ‘गाडीबाट हाम फालेपछि अस्पताल लगिएको थियो‚’ उहाँले भन्नुभयो‚ ‘त्यसपछि मृत्यु भएको हो। मृतकको शव धनगढी ल्याइँदैछ।’
मृतकका आफन्तले भने उनको हत्या भएको दाबी गरेका छन्। उनीहरुले धनगढीको बसपार्कमा रहेको ट्राभल्सको कार्यालयमा ढुंगामुडा गरेका गरेका छन्।
उनी भारत हिँडेको चार दिनपछि साउन १९ गते मृत्युको आफन्तलाई खबर गरिएको कैलाली प्रहरीले जनाएको छ। कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बसबाट हाम फालेको खबर प्राप्त भएको र त्यसबारे अनुसन्धान भइरहेको बताउनुभयो। मृतकको शव नेपाल ल्याउने कार्य भैरहेको उहाँले बताउनुभयो।
उहाँले भन्नुभयो‚ ‘गाडीबाट आचार्यले आफैँ हाम फालेको भन्ने खबर आएको छ। विस्तृत बुझ्न बाँकी छ।’ मृतकका आफन्तले ट्राभल्सवालाले उनको हत्या गरेको आरोप लगाएका छन्।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया