बाजुरामा दहमा डुबेर युवक बेपत्ता, कञ्चनपुरमा पुरुषको शव फेला

दार्चुला । बाजुरामा दहमा डुबेर एक युवक बेपत्ता भएका छन्। त्रिवेणी नगरपालिका-७ का अन्दाजी २६ वर्षीय नवीन ऐडी भैँसी चराउन गएका बेला धौलपुरी दहमा जमेको पानीमा डुबेर बेपत्ता भएको प्रहरीले बताएको छ।

दह गहिरो भएका कारण ऐडीलाई फेला पार्न नसकिएको र उद्धारका लागि प्रयास भइरहेको जिल्ला प्रहरीले कार्यालय बाजुराले जनाएको छ।

कञ्चनपुरमा एक पुरुषको शव फेला

कञ्चनपुरमा एक पुरुषको शव फेला परेको छ। जिल्लाको भीमदत्त नगरपालिका-१२ ओदालीस्थित महाकाली नदी किनारमा ३० वर्षीय एक पुरुषको शव फेला परेको हो।

मृतकको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?