कञ्चनपुरका युवकको शव फेला, दुई जना पक्राउ

दार्चुला । टनकपुरस्थित भारतीय जंगलमा कञ्चनपुरका एक युवकको शव फेला परेको छ। शुक्रबार राति भीमदत्त नगरपालिका ब्रह्मदेवका २० बर्षीय कमल ओडको शव फेला परेको प्रहरीले जनाएको छ।

हत्याको आशंकामा नेपाल प्रहरीले २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भीमदत्त नगरपालिका ९ का गणेश औजी र भीमदत्त नगरपालिका ब्रह्मदेवका २० बर्षीय मनोज भट्ट रहेका छन् ।

भारतीय भूमिमा शव फेला परेको हुँदा शवबारे आवश्यक कानूनी प्रक्रिया एवम् अनुसन्धान भारतीय प्रहरीले नै गर्ने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?