१३ वर्षीया किशोरीमाथि २ दिनसम्म बलात्कार, आरोपित फरार

दार्चुला । डोटीमा एक किशोरीमाथि पटकपटक बलात्कार भएको रहस्य खुलेको छ। जिल्लाको चुरे गाउँपालिकाकी १३ वर्षीया ती किशोरीमाथि जोरायल गाउँपालिका–४ शान्तिपुरका ३८ वर्षीय कर्णबहादुर बोहराले बलात्कार गरेको भन्दै आफन्त प्रहरी समक्ष पुगेका छन्।

बोहराले किशोरीलाई चाउचाउ र लुगाकपडा दिने भन्दै फकाएर साउन १९ गते जंगलमा लगेर बलात्कार गरेको आफन्तले बताएका छन्। त्यसपछि पनि किशोरीलाई जंगलबाट घरमा लगेर २ दिनसम्म पटक–पटक बलात्कार गरेको आरोप आफन्तले लगाएको प्रहरीले जनाएको छ ।

बलात्कारपछि किशोरीलाई जंगलमै लगेर छाडिदिएपछि उनी २१ गते आफ्नो घर पुगेकी थिइन्। अहिले आरोपित बोहरा फरार रहेको र उक्त घटनालाई सुक्ष्म तरिकाले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?