मोटरसाइलकको ठक्करबाट साइकल यात्रीको मृत्यु

दार्चुला । कैलालीमा मोटरसाइलकको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गअन्तरगत जिल्लाको बर्दगोरिया गाउँपालिका–१ मा से ७ प ८०२ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार ७२ वर्षीय साइकल यात्री जगतबहादुर साउँदको मृत्यु भएको हो। ‘दुर्घटनामा गम्भीर घाइते भएका साउदलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज पुगाइएको थियो, उपचारकै क्रममा मृत्यु भएको हो,’ गौतमले भन्नुभयो ।

मोटरसाइकल धनीलाई नियन्त्रणमा लिइएको र चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?