जयसिंहको न्यायका लागि नौँ हजार हस्ताक्षर संकलन गर्दै मौलिक जरोकिलो पार्टी

दार्चुला । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन फुकालिदिदा बेपत्ता भएका दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर २ का ३३ वर्षीय जयसिंह धामीको न्यायका लागि मौलिक जरोकिलो पार्टीले कञ्चनपुरपछि दार्चुलामा पनि हस्ताक्षर संकलन अभियान शुरु भएको छ । नौँ हजार जनताका हस्ताक्षर संकलन गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउने उद्धेश्य अन्तरगत मौलिक जरोकिलो पार्टीको आयोजनामा शैल्यशिखरमा सोमबारबाट हस्ताक्षर संकलन अभियान शुरु भएको हो ।

मौलिक जरोकिलो पार्टीका नेता खिमानन्द जोशीका अनुसार मंगलबारसम्म कञ्चनपुरमा एक हजार ७५० र दार्चुलाको गोकुलेश्वरमा ६५० गरी हालसम्म दुई हजार ४०० हस्ताक्षर संकलन गरिएको छ । दार्चुला सदरमुकाम खलंगा लगायत क्षेत्रमा समेत हस्ताक्षर संकलनको तयारी भइरहेको बताइएको छ । बेपत्ता भएका धामीको न्यायका लागि ८ बुँदे माग राख्दै हस्ताक्षर संकलन अभियान शुरु गरिएको मौलिक जरोकिलो पार्टीका शैल्यशिखर संयोजक तोयराज जोशीले जानकारी दिनुभयो ।

मौलिक जरोकिलो पार्टीले घटनाको स्वतन्त्र र निष्पक्ष छानबीन हुनुपर्ने, छानबीनमा स्थानीय जनता र सञ्चार माध्यमका आवाज समेट्नुपर्ने, घटनाका दोषीलाई कारवाहीका लागि कुटनीतिक पहल गर्नुपर्ने, झोलुंगे पुल निर्माण अलपत्र छोड्ने ठेकेदारलाई कारवाही हुनुपर्ने माग राखेको छ । यस्तै अबिलम्ब झोलुंगे पुल निर्माण हुनुपर्ने, दार्चुला–तिंकर सडकलाई राष्ट्रिय गौरवको आयोजनामा राखी यथाशीघ्र निर्माण गर्नुपर्ने र सीमा क्षेत्रका नागरिकलाई गास, बास, कपास, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सहुलियत दिनुपर्ने माग गरिएको छ ।

No description available.

No description available.

No description available.

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?