ट्रक दुर्घटना हुँदा चालक महराको मृत्यु, सहचालक घाइते

दार्चुला । कैलालीमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। धनगढीबाट डडेल्धुरातर्फ गइरहेको से १ ख ८५१ नम्बरको ट्रक बिहीबार साँझ गोदावरीको पुल नजिक दुर्घटना हुँदा ट्रक चालक बैतडीको सिगास गाउँपालिका–९ बाचपानीका का ३५ बर्षीय रामसिह महराको मृत्यु भएको हो।

दुर्घटनामा परी गम्भीर घाइते भएका महराको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। यस्तै बैतडीको सुर्नया गाउँपालिका ५ घर भएका सहचालक पंकज मडै भने समान्य घाइते छन्।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?