दार्चुला । कञ्चनपुरमा एक पुरुष मृत फेला परेका छन्। नाम र ठेगाना नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
उनको शव भिमदत्त नगरपालिका वडा नम्बर ११ साइफोनस्थित नाङ्गो अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर बमले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयको अनुसन्धान टोलीले घटनास्थलमा जाँच गरेर शव परीक्षणको लागि महाकाली अस्पतालमा राखेको बमले बताउनुभयो ।
शवको प्रकृति वर्ण कल्साउलो, मोटो शरीर, उचाई ५.८ ईन्च, सेतो कपाल, गोलो अनुहार रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया