जंगली जनावरबाट मकैबाली जोगाउनै मुस्कील

दार्चुला । दार्चुला र बैतडीका दर्जनौँ गाउँहरुमा जंगली जनावरले मकैबाली सखाप पार्न थालेका छन् । दिउँसो बादर तथा रातीको समयमा बदेल र दुम्सीले मकैबाली नष्ट गर्ने गरेको लेकम गाउँपालिका वडा नम्बर ५ प्रितोलीका नबिन भट्टले गुनासो गर्नुभयो । दिनभरी पहरा दिदा पनि मकैबाली जोगाउन नसकेपछि भोकमरीको चिन्ता भइरहेको किसानहरुको गुनासो छ ।

पुर्चौडी नगरपालिकाका सबै वडामा जंगली जनावरले आतंक मच्चाएका छन् । बदेल, दुम्सी र बादरले मकैबादी नष्ट गर्न थालेपछि किसान चिन्तित बनेका छन् । रातीको समयमा दुम्सी र बदेलको आतंक हुने गरेको र दिनमा बादरले मकै बाली नष्ट गरेपछि भोकमरीको चिन्ता भएको पुर्चौडीको वडा नम्बर ८ का कृषक बिष्णुदत्त जोशीले बताउनुभयो ।

पहिले किराले मकैका बोटहरुमा क्षती गर्यो, उहाँले भन्नुभयो, बचेका बोटहरु छोराछोरी हुर्काएझै गोडमेल गर्यौँ, तर पाक्ने बेला जंगली जनावरले नष्ट गर्न थालेको वडा नम्बर १ का कृषक हिक्मत बहादुर बमले बताउनुभयो । जंगली जनावरले खेतमा लगाएको सबै बाली सखाप पारेको छ ।
स्थानीय बमले भन्नुभयो, माटोको माया लाग्छ । त्यसैले प्रत्येक बर्ष मकै छर्ने गरेका छौं । तर जंगली जनावरले खाएर खेतमा छरेको मकैबाली भित्र्याउन पाइदैन् । हामीलाई भोकमरी हुने चिन्ताले सताएको छ ।

दार्चुला र बैतडीका विभिन्न ठाउँमा जंगली बँदेल, बादर र दुम्सीले मकैमा नोक्सानी गर्न थालेपछि किसानहरु हैरान बनेका छन् । मकै जोगाउन विभिन्न उपाय अपनाएपनि जोगाउन नसकिएको किसानहरुलाई उद्धित गर्दै पुर्चौडीबाट रेडियो लोकदर्पण समाचारदाता हरिसिह साउदले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?