सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा दुई जना कोरोना संक्रमित मृत्यु

दार्चुला । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा सोमबार (आज) कोरोनाको संक्रमणका कारण एक महिलाको मृत्यु भएको छ। कन्चनपुर भिमदत्त नगरपालिका १८ की ५० वर्षीया एक महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिनुभयो । आइतबार समेत सुदूरपश्चिममा एक कोरोना संक्रमितको ज्यान गएको थियो । पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ ।

सूचना अधिकारी श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा १५५ नमुना परीक्षण गरिएकोमा २१ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै अस्पतालबाट ५ जना संक्रमित निको भएर घर फर्किएका छन् भने थप ३ जना भर्ना भएका छन्। हाल अस्पतालमा १८ जना संक्रमित उपचाररत रहेका छन्। जसमध्ये ४ जनाको आइसियूमा राखेर उपचार भइरहेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?