त्रिभुवन विश्वविद्यालयबाट दार्चुला र गोकुलेश्वरसहित २५ क्याम्पसको सम्बन्धन खारेज

दार्चुला । दार्चुला बहुमुखी क्याम्पस र गोकुलेश्वर बहुमुखी क्याम्पस सहित त्रिभुवन विश्वविद्यालयले सुदूरपश्चिम र मध्यपश्चिमका २५ वटा क्याम्पसको सम्बन्धन खारेज गरेको छ । २५ वटा क्याम्पसहरुको सम्बन्धन खारेज भएको त्रिवि योजना निर्देशनालयले जनाएको छ । यसअघि त्रिवि अन्तर्गत एक हजार ८५ क्याम्पस थिए । त्रिवि योजना निर्देशनालयका शाखा अधिकृत रामकृष्ण खत्रीका अनुसार १० वटा क्याम्पस सुदूरपश्चिम विश्वविद्यालय र १५ क्याम्पस मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा गाभिएका छन् । अन्य विश्वविद्यालयमा गाभिएका क्याम्पसको सम्बन्धन खारेज गरिएको हो ।

२५ क्याम्पसको सम्बन्धन खारेज भएसंगै अब त्रिवि मातहत एक हजार ६० क्याम्पस सम्बन्धन प्राप्त छन् । त्रिविका अनुसार बागेश्वरी बहुमुखि क्याम्पस कोहलपुर, बबइ बहुमुखी क्याम्पस गुलरीया, नारायण क्याम्पस दैलेख, भेरी ज्ञानोदय क्याम्पस जाजरकोट, जलजला क्याम्पस लीबाङ, मुसीकोट खलङगा क्याम्पस रुकुम, भेरी शिक्षा क्याम्पस सुर्खेत, विद्यापुर जनता बहुमुखी क्याम्पस सुर्खेत, तीला कर्णाली बहुमुखी क्याम्पस कालीकोट, रारा बहुमुखी क्याम्पस मुगु, जनता बहुमुखी क्याम्पस अछामको सम्बन्धन खारेज भएको छ ।

यस्तै, पाटन बहुमुखी क्याम्पस बैतडी, जगननाथ बहुमुखी क्याम्पस बैतडी, मनीलेख क्याम्पस बैतडी, जयपृथ्वि बहुमुखि क्याम्पस बझाङ, बडिमालीका क्याम्पस बाजुरा, बाजुरा क्याम्पस बाजुरा, दार्चुला बहुमुखी क्याम्पस दार्चुलाको सम्बन्धन खारेज भएको छ । यस्तै, गोकुलेश्वर बहुमुखी क्याम्पस गोकुलेश्वर, टीकापुर बहुमुखी क्याम्पस कैलाली, त्रीवेणी बहुमुखी क्याम्पस डडेलधुरा, दुर्गालक्ष्मि बहुमुखी क्याम्पस कैलाली, घण्टेश्वर सेती महाकाली बहुमुखी क्याम्पस डोटी, श्री सीताराम क्याम्पस डोटी र कैलाली बहुमुखी क्याम्पस कैलालीको सम्बन्धन खारेज भएको छ ।

ती क्याम्पसहरुले सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालय मातहत हुन आग्रह गर्दै त्रिविमा निवेदन दिएका थिए । त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाका सूचना अधिकारी योगेन्द्रप्रसाद दाहलले त्रिविबाट सम्बन्धन लिने क्याम्पसहरुको सम्बन्धन खारेज भएसँगै त्रिवि मातहत सम्बन्धन प्रदत्त क्याम्पसको संख्या घटेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?