कैलाली र कञ्चनपुरमा भदौँ १० गतेसम्म निषेधाज्ञा थप

दार्चुला । कैलालीमा अगामी भदौँ १० गतेसम्म निषेधाज्ञालाई निरन्तरता दिइने भएको छ । सोमबार प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले कोभिडको तेस्रो लहरको सम्भावना कायम रहेको भन्दै जारी निषेधाज्ञालाई भदौँ १० गतेसम्म जिल्लाभर निरन्तरता दिने आदेश दिनुभएको हो ।

प्रजिअ रिजालद्वारा जारी आदेशमा कोभिडको तेस्रो लहरको सम्भावना रहेको र मास्क नलगाइ हिड्ने प्रवृत्ती बढेको पाइएकाले सार्वजनिक स्थानमा हिडडुल गर्दा अनिवार्य मास्कको प्रयोग गर्न आग्रह गरिएको छ । निषेधाज्ञामा कडाइ गर्दै मास्कको प्रयोग नगर्नेलाई प्रचलित कानून बमोजिम मंगलरबारदेखि नै जरिवाना गरिने पनि प्रशासनले जनाएको छ । जारी आदेशको पालन गर्न अनुरोध गर्दै उल्लङ्घन गर्नेलाई प्रचलित कानूनबमोजि कारवाही हुने कुरा समेत आदेशमा उल्लेख गरिएको छ ।

कञ्चनपुरमा पनि भदौँ १० गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले सोमबार नयाँ भेरियन्टसहितको संक्रमण दरमा कमी आएपनि जोखिम कायमै रहेको भन्दै निषेधाज्ञा थप गर्ने आदेश गर्नुभएको हो ।

जारी आदेशअनुसार मानिसको बढि भीडभाड हुने सबै प्रकारका सबै सम्मेलन, संग्रहालय, सिनेमा हल, पार्टी प्यालेस, रेष्टुरेन्ट, खेलकुद लगायतका कार्यक्रम सञ्चालन गर्न पाइने छैन भने खुला स्थानमा मानिसको भेला गराएर भीडभाड, सभा जुलुस तथा भोज भतेर गर्न पनि बन्देज लगाइएको छ । शैक्षिक संस्थाहरुले भौतिक रुपमा उपस्थित भएर पठनपाठन पनि गर्न पाउने छैनन्

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?