सुदूरपश्चिमा आज ३८ जनामा कोरोना पुष्टि, १९ जना संक्रमणमुक्त

दार्चुला । सुदूरपश्चिमा ३८ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ। प्रदेशभर पीसीआर र एन्टिजेन बिधिबाट ८ सय १९ जनाको नमुना परीक्षण गर्दा ३८ जनामा संक्रमण पुष्टि भएको स्व्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।

सेती प्रादेशिक अस्पतालमा १ सय २० जनाको नमुना परीक्षण गर्दा ११ जना, महाकाली अस्पतालमा १९ जनाको नमुना परीक्षण गर्दा ३ जना, डडेल्धुरा अस्पतालमा १२ जनाको नमुना परीक्षण गर्दा २ जना र डोटी अस्पतालमा १० जनाको नमुना परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ। यस्तै आज प्रदेशमा १९ जनाले कोरोना जितेर घर फर्किएका छन्।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?