अब एमालेमा दोस्रो वरियतामा रावल, सुदूरपश्चिममा फाइदा

दार्चुला । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले विभाजन गरेपछि उक्त पार्टीभित्र अध्यक्ष केपी शर्मा ओली झन् बलियो भएका छन् । विगतमा ओलीको आन्तरिक प्रतिद्वन्द्वी केन्द्रीय सदस्य झण्डै आधा भएकोमा अब ह्वात्तै घटेका छन् । माधवकुमार नेपालको साथमा झण्डै ३५ प्रतिशत केन्द्रीय सदस्य गएपछि ओली पार्टीभित्र निकै बलिया भएका हुन् ।

एमालेमा अब अध्यक्ष अ‍ोलीको आन्तरिक प्रतिद्वन्द्वी सुदूरपश्चिम घर भएका उपाध्यक्ष भीम रावल भएका छन् । वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतम माधव नेपालको साथमा पुगेपछि रावल ओली पछि दोस्रो वरियतामा पुग्नुभएको हो । रावलसंगै विगतमा नेपाल पक्षमा रहेका अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, योगेश भट्टराई, भीम आचार्य लगायत हस्तीहरु एमालेमै रहेका छन् । यो समूहले ओलीसँग एमालेभित्रै संघर्ष गर्ने निर्णय लिएर माधव नेपालको साथ छाडेको बुझिएको छ । दोस्रो पुस्ताका अधिकासं नेताहरुले नेपाललाई तत्कालिन अवस्थामा साथ दिन नसकिने बताएका थिए ।

यसैबिच सुदूरपश्चिममा भिम रावल समेत एमालेमै रहने भएपछि नेकपा एमालेलाई सुदूरपश्चिममा फाइदा हुने भएको छ । नेकपा एमालेले माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाहीका लागि सिफारिस गरेको छ। १४ मध्ये सुदूरपश्चिम प्रदेशका निरादेवी जैरु र लक्ष्मीकुमारी चौधरी छन् । विगतमा माधव समूहमै रहेका एमाले उपाध्यक्ष भीम रावल, उनी निटका झपट रावल, दीपकप्रकास भट्ट, देउवालाई विश्वासको मत दिएका प्रेम आले, विना बुढाथोकी लगायतलाई भने कारबाही सिफारिस भएको छैन। कारबाहीको सिफारिस नभएपछि उनिहरुले कित्ता फेरेको चर्चा छ। प्रेम आले बाहेक सुदूरपश्चिमका अधिकासं केन्द्रिय नेताहरु एमालेमै रहने भएका छन् ।

प्रतिनिधिसभामा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने एमालेका १६ सांसद छन्। जसमध्ये विगतमा ओली पक्षमा ९ जना र माधव नेपाल पक्षमा ६ जना खुलेका थिए। दार्चुलाबाट निर्वाचित गणेशसिह ठगुन्ना, कैलालीबाट निर्वाचित नारदमुनि राना, बझाङका भैरवबहादुर सिंह, कञ्चनपुरका नरबहादुर धामी, बाजुराका लालबहादुर थापा, बैतडीका दामोदर भण्डारी र अछामका यज्ञ बोगटी विगतदेखि ओली पक्षमै रहेकोमा भिम रावलसहित नेपाल पक्षमा रहेकाहरु समेत माधव नेपालले पार्टी विभाजन गरेपछि एमालेमै बसेका छन् । यस्तै समानुपातिक तर्फका कञ्चनपुरकी निरु पाल र बझाङकी आशा विक ओली पक्षमै रहेका थिए । माधव नेपाल दल विभाजनको पक्षमा देखिएका बेला नेकपा एमालेका उपाध्यक्ष भीम रावलले दल विभाजनसम्बन्धी सरकारले ल्याएको अध्यादेश संविधानको मर्म र जनताको आकांक्षा विपरीत निहीत स्वार्थका लागि ल्याइएको आरोप लगाउनुभएको थियो ।

भीम रावल एमालेमै रहेपछि सुदूरपश्चिमको नेतृत्व उहाँले नै गर्ने स्रोतले जनाएको छ । यस्तै विगतमा नेकपा माओबादी केन्द्रका सुदूरपश्चिम ईन्चार्ज लेखराज भट्ट लगायत नेताहरु समेत अहिले एमालेमै भएकोले सुदूरपश्चिममा एमाले विगतको भन्दा बलियो हुने नेताहरुको दाबी छ । संघीय संसद र स्थानीय तहमा विगतदेखि ओली खेमा बलियो थियो । भीम रावल एमालेमा रहेकोले सुदूरपश्चिम प्रदेश सभामा रहेका सबैजसो सदस्यहरु समेत एमालेमै रहने बताइएको छ । भीम रावल र लेखराज भट्टको शक्ती शन्तुलन मिलाउन सके एमालेलाई सुदूरपश्चिममा विगतको भन्दा बढी फाइदा हुने एमाले नेताहरुको दाबी छ । यद्धपी पार्टी विभाजनको असर अगामी निर्वाचनमा पर्ने चर्चा समेत राजनीतिक बृत्तमा चलिरहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?