सुदूरपश्चिममा गठबन्धन सरकार बनाउन छलफल शुरु

दार्चुला । नेकपा एमाले बिभाजनसंगै सुदूरपश्चिममा गठबन्धन सरकार बन्ने भएको छ। माओवादी केन्द्र र नेपाली काँग्रेसबीच दुई/दुई प्रदेशमा सत्ताको नेतृत्व गर्ने यसअघि नै सहमती भईसकेको अवस्थामा सुदूरपश्चिममा काँग्रेसको नेतृत्वमा सरकार बन्ने सम्भावना बढेको छ । एमाले विभाजनसंगै सरकारको नेतृत्व फेरबदलको चर्चा चलेको हो । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी र पूर्व वन, वातावरण, उद्योग तथा पर्यटन मन्त्री माया भट्ट एमाले समाजवादीमा केन्द्रीय सदस्य बन्नुभएको छ । भीम रावल एमालेमै रहने भएपछि अधिकासं प्रदेशसभा सदस्यले भने माधव नेपालको साथ छोडेका छन् । दिर्घ सोडारी लगायत केहि नेताहरु पर्ख र हेरको अवस्थामा रहेकोले अहिले नै भन्न नसकिने स्रोतले जनाएको छ । एमालेमा रहने मन्त्रीहरुको पद गुम्ने भएको छ ।

अब बन्ने सरकारमा माओवादी केन्द्र, काँग्रैस, नेकपा एमाले समाजवादी र जसपा सहभागी हुने छन । अर्थात बन्ने नया सरकारमा नेकपा एमाले बाहेक सबै दलहरु सहभागी हुने छन् । जसमा दुई जना सांसदले समेत आफूहरु आधिकारिक जसपामा रहेको स्पष्ट पारिसकेपछि उनीहरु पनि सत्ता साझेदार हुने छन् ।

सुदूरपश्चिम प्रदेश सभा नेपाली काँग्रेस संसदीय दलका नेता रण बहादुर रावलले सरकार गठनका लागि छलफल भईरहेको बताउनुभयो । हामी केन्द्रको निर्णयको पर्खाईमा छौ,रावलले भन्नुभयो, हाल माओवादी केन्द्रका सांसद त्रिलोचन भट्ट मुख्यमन्त्री हुनुहुन्छ । केन्द्रको सहमती अनुसार उहाँले मुख्यमन्त्री पद छोडेने सम्भावना छ । सुदूरपश्चिममा नेकपा एमाले बिभाजन नभएको अवस्थामा पनि माओवादीका १३, काँग्रेसका १२ र जसपाका २ सांसद समेत गरेर २७ जना सरकार गठनका लागि पर्याप्त थिए । माधव नेतृत्वको नेकपा एमाले समाजवादी समेत यसमा सहभागी भएपछि सरकार गठनका लागि स्पष्ट बहुमत पुग्नेछ । 

यद्धपी काग्रेश भन्दा माओबादी केन्द्र ठुलो दल भएकोले माओबादीकै नेतृत्वमा काग्रेश पनि सरकारमा सहभागि हुने सम्भावना पनि रहेको छ। मुख्यमन्त्री भट्टले संघीय सरकार परिवर्तन भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा, माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लगायतसंग भेटवार्ता गरेर प्रदेश सरकारका विषयमा छलफल गरिसक्नुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?