पहिरोले जयपृथ्वी राजमार्ग तीन ठाउँमा अवरुद्ध

दार्चुला । पहिरोका कारण जयपृथ्वी राजमार्ग तीन ठाउँमा अवरुद्ध भएको छ । पहिरोले बैतडी र बझाङमा राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पाटन नगरपालिका–८ खोड्पे नजिकै र पुर्चौडी नगरपालिका–६ ढोल्यामोडमा आएको पहिरोले सडक अवरुद्ध भएको हो । यस्तै बझाङको दुर्गाथली गाउँपालिका–२ झनाना नजिकै आएको पहिरोले राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) रुपक खड्काले जानकारी दिए ।

गन्तव्यका लागि छुटेका सवारीसाधन बीच बाटोमै रोकिएका छन् । डोजरको सहायताले सडक खुलाउने प्रयास भइरहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?