दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर ४ होपरीमा गबे जात्राको अवसरमा आयोजना गरिएको खुला पुरुष भलिबल प्रतियोगिता आज सम्पन्न भएको छ। यही भदौ ३ गते देखी श्री भूमिराज कृषक समूहद्वारा आयोजित उक्त प्रतियोगितामा जम्मा २५ टिमको सहभागिता रहेको थियो।
भलिबल प्रतियोगितामा सेवानी खुद्रा पसल प्रथम, आयोजक होपरी टिम द्वितिय र राष्ट्रिय युवासंघ टिम तृतिय भएको छ। प्रथम, द्वितीय र तृतिय हुने टिमलाई नगद रु २० हजार, १२ हजार र ८ हजारका साथै सिल्ड र प्रमाणपत्र प्रदान गरिएको आयोजक श्री भूमिराज कृषक समूहका अध्यक्ष गोविन्द महताले बताउनुभयो।
नौगाडमा हरेक वर्ष गबे जात्राको अवसर पारेर भलिबल प्रतियोगिता आयोजना गर्ने गरिन्छ। युवाहरुलाई मनोरञ्जन प्रदान गर्नुका साथै पूरानो कला र संस्कृती जगेर्ना गर्नका लागि हरेक वर्ष गबे जात्रामा भलिबल प्रतियोगिता आयोजना गर्ने गरिएको स्थानीय कुमार ठगुन्नाले जानकारी दिनुभयो । प्रतियोगिताको अवसरमा खेलाडीहरुलाई गबे जात्राको विषयमा समेत जानकारी गराइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया