डिलाशैनीमा आफ्नै शिशुको घाँटी निमोठेर हत्या गर्ने महिला पक्राउ

दार्चुला । बैतडीमा एक आमाले आफ्नै नवजात शिशुको घाँटी निमोठेर हत्या गरेकी छिन् । जिल्लाको डिलाशैनी गाउँपालिका ७ ढाँडकी ३५ बर्षीया माधवी कार्कीले आफ्नै नवजात शिशुको हत्या गरेकी हुन् । अवैध सम्बन्धबाट गर्भ रहेकाले माधवीले शिशुको जन्मिनासाथ घाँटी निमोठेर हत्या गरेको प्रहरीले जनाएको छ ।

आइतबार बिहान १० बजे घर नजिकैको मकैबारीमा शिशु जन्माएकी माधवीले सोही ठाउँमा केराको साप्रोले नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो । माधवीले नवजात शिशुको हत्या गरेपछि उनका ससुराले प्रहरीलाई जानकारी दिएका थिए । माधवी अहिले प्रहरीको नियन्त्रणमा रहेकी र आज अदालतबाट म्याद थपेर अनुसन्धान शुरु हुने प्रहरी निरीक्षक शाहीले बताउनुभयो । कर्तव्य ज्यान मुद्दामा माधवीमाथि अनुसन्धान शुरु र अनुसन्धान पछि अदालतमा पेश गरिने उहाँको भनाई छ ।

माधवीका श्रीमान वैदेशिक रोजगारमा गएका र उतै बेपत्ता रहेका प्रहरीले जनाएको छ । गाउँकै १७ बर्षीय किशोरसंग माधवीको अवैध सम्बन्ध रहेको बुझिएको छ । माधवीका १३ बर्षीय छोरा छन् । माधवी महिला स्वास्थ्य स्वयंसेविका समेत रहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?