अब राजपत्र सुदूरपश्चिममै छापिने, २७ लाख ८० हजारमा मेसिन खरिद

दार्चुला । सुदूरपश्चिम प्रदेश सरकारले राजपत्र छाप्न सुरु गरेको छ। प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आफ्नै मुद्रण मेशिन जडान गरी मंगलबारदेखि राजपत्र छाप्ने काम सुुरु गरेको हो। प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले मेशिनको पुजापाठ गरी उद्धघाट गर्नुभयो ।

सो अवसरमा बोल्दै मन्त्री जोशीले यसअघि राजपत्र छपाउनका लागि संघीय मुद्रण विभागमा पठाउनुपर्ने बाध्यता रहेको बताउनुभयो । प्रदेशको ऐन, कानुन, कार्यविधि, मापदण्ड तथा सरकारका निर्णयहरु कार्यान्वयन गर्न राजपत्रमा छाप्नुपर्छ, उहाँले भन्नुभयो, अब राजपत्र छपाइको काम छिटो छरितो हुनेछ ।

काठमाडौंको मुद्रणले राजपत्र छपाईमा ढिलाई गर्दा प्रदेश सरकारका निर्णय कार्यान्वयन गर्नमा समस्या हुने गरेको मन्त्री जोशीले बताउनुभयो । उहाँका अनुसार प्रदेश सरकारका दर्जनौ कागजपत्र मुद्रण विभागमा महिनौदेखि छपाईका क्रममा रहका छन्। अब प्रदेशमै मेशिन आइसकेको छ। प्रदेश सरकार र स्थानीय तहका आवश्यक निर्णयहरु यतै छापिने बताइएको छ ।

प्रदेश सरकारले मुद्रण मेसिन जडान गरेसंगै प्रदेश सरकारलाई सहज हुने विश्वस गरिएको छ। उक्त मेसिन २७ लाख ८० हजारमा खरिद गरिएको हो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?