हाड नातामा बिहे गर्ने महिला पक्राउ

दार्चुला । बझाङ प्रहरीले हाड नाता बिहेमा कसुर ठकरिएकी एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ। सोपना देवी कामीलाई गत शुक्रबार जिल्लाको बुंगल नगरपालिका–३ दह सिराडबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

प्रतिवादी महिलाले रिउलो कामीसँग बिहे गरेको भन्दै मन्धिरे कामी भन्ने गणेश बिकले जाहेरी दिएका थिए। ततपश्चात पक्राउ परेकी उनलाई जिल्ला अदालतले साउन २० गते १ वर्ष कैद र १० हजार जरिवानाको सजाय सुनाएको थियो। त्यसपछि फरार सूचीमा रहेकी उनलाई पक्राउ गरि जिल्ला अदालतमा पेश गरेकोमा अदालतले उनलाई सोमबार कैद भुक्तानका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?