दार्चुला । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा मंगलबार थप ४४ जनामा कोरोनाको संक्रमण देखिएको छ। अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १५७ जनाको कोरोना परीक्षण गरिएकोमा ४४ जना संक्रमित थपिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
हाल अस्पतालमा ११ जना संक्रमित उपचाररत छन्। जसमध्ये ६ जनाको आइसीयूमा र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालले जनाएको छ। यस्तै पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमित अस्पतालबाट निको भएर फर्केका छन् भने ४ जना भर्ना भएका छन्।
यसैबिच कैलालीकी एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। कैलालीको भजनी नगरपालिका–५ की ५२ वर्षीया महिलाको उपचारको क्रममा सोमबार राति १० बजे मृत्यु भएको हो । उनको उपचारको क्रममा भेरी अस्पतालमा मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया