दार्चुला । सुदूरपश्चिम प्रदेशको दार्चुलासहित देशका धेरै ठाउँमा लगातार झरी परिरहेको छ । सुदूरपश्चिमको बाजुरामा ठूलो वर्षा भएको छ । त्यहाँ २६ दशमलव ६ मिलिमिटर वर्षा भएको मापन गरिएको छ । अन्य क्षेत्रमा भने मध्यम खालको वर्षा भइरहेको मौसमविद्ले बताएका छन् । यस्तै, सुदूरपश्चिम प्रदेशको डडेल्धुरामा पनि ठूलो वर्षा भएको छ ।
कर्णाली र सुदूरपश्चिमका धेरैजसो ठाउँमा आज राति र भोलि पानी पर्ने सम्भावना रहेको मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो । भोलिदेखि देशका मध्य र पूर्वी क्षेत्रमा भने बिस्तारै पानी पर्न कम हुने छ । मौसमविद्का अनुसार आज पनि लुम्बिनी, गण्डकी, वाग्मती, प्रदेश १ र प्रदेश २ का धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया