मार्माको दुर्गेश्वरी माबि घोल्जरमा कक्षा ११-१२ को उद्घाटन

दार्चुला । दार्चुलाको मार्मा गाउँपालिका वडा नम्बर १ को गुल्जरमा रहेको दुर्गेश्वरी माबि घोल्जरमा कक्षा ११-१२ को उद्घाटन गरिएको छ । शुक्रवार भएको एक औपचारीक कार्यक्रममा मार्मा गाउँपालिका अध्यक्ष जमन सिह धामीले कक्षा ११-१२ को उद्घाटन गर्नुभएको हो । अध्यक्ष धामीको प्रमुख अतिथ्यतामा आयोजित कार्यक्रममा उपाध्यक्ष बागमती ठगुन्ना, शिक्षा अधिकृत राजेन्द्र प्रसाद जोशी लगायतको आतिथ्यता रहेको थियो ।

२०१७ सालमा प्राबि, २०३९ सालमा निमाबि, २०६५ मा कक्षा ९-१० को पढाइ सुरु गरेको माबि घोल्जरले यसै वर्षदेखि कक्षा ११ को बढाइ शुरु गरिरहेको छ । विद्यालयलाई गाउँपालिकाबाट आवश्यक सहयोग गर्ने अध्यक्ष धामीले प्रतिवद्धता व्यक्त गर्नुभयो । दुर्गम क्षेत्रका बालबालिकाहरुलाई गाउँमै उच्च शिक्षा प्रदान गर्ने उद्धेश्यले माबि घोल्जरलाई कक्षा ११-१२ को पठनपाठन गर्न अनुमती प्रदान गरिएको उहाँले बताउनुभयो ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?