मलामी गएका प्रकाश घर फर्किन पाएनन, खोजि कार्य जारी

दार्चुला । बैतडीमा आफन्तको मलामी गएका एक जना खोलामा डुबेर बेपत्ता भएका छन् । आज बिहान १० बजे सिगास गाउँपालिका वडा नम्बर २ का अन्दाजी २६ वर्षीय प्रकाश सिह धामीलाई माडौ खोलाले बगाउदा बेपत्ता भएका हुन् । उनको खोजी कार्य भैरहेको आफन्त राजेन्द्र धामीले जानकारी दिनुभयो ।

मलामी गएका अन्य ४ जनालाई पनि खोलाले बगाएको थियो । प्रकाश संगै गएका मलामीहरुको सकुशल उद्धार गरिएको उहाँले बताउनुभयो । वडा नम्बर २ का नरेन्द्र सिह धामी, बिरेन्द्र सिह धामी, नन्द धामी र बिरेन्द्र धामीको ५० मिटर तलबाट सकुशल उद्धार गरिएको स्थानीय धामीले जानकारी दिनुभयो ।

खोजीकार्यका लागि गाँजरी प्रहरी चौकीबाट सहायक प्रहरी निरिक्षक विर बहादुर कार्कीको नेतृत्तवमा प्रहरी टोली घटनास्थल तर्फ गईरहेको छ । आइतबार बिहान कुडे खोलामा आफन्तको मलामी गएका उनलाई खोलाले बगाएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले बताउनुभयो । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?