भारतीय एसएसबीले मृतकको सदगतमै अवरोध गर्‍यो

दार्चुला । कञ्चनपुरमा एक मृतक नेपाली नागरिकको सदगत गर्न अवरोध गरेको छ। एसएसबीले भीमदत्त नगरपालिका– १० जिमुवाका लाल गिरीको सदगत गर्न अवरोध गरेको हो। भीमदत्त नगरपालिका– ९ रिगौना सदगत स्थलमा एसएसबीका जवान आएर अवरोध गरेका थिए। स्थानीय युवा दीपेन्द्रसिंह ऐरीले मृत्यु भएका नेपाली नागरिकको सदगत गर्न एसएसबीले अवरोध गरेको बताउनुभयो ।

‘नेपाली जिउँदो हुँदा त अवरोध गरे–गरे। मृत्यु हुँदासमेत भारतीय पक्षबाट समस्या खडा गरियो,’ उहाँले भन्नुभयो, ‘भारतले हेपाइको सीमा नाघ्यो। सरकारले यस्ता घटनामा गम्भीर हुनुपर्छ।’ सो क्षेत्रमा नाथगिरी, पुरी भारती समुदायले सदगद गर्दै आएका छन्। सदगत गरेर वर्ष दिनपछि समाधि बनाउने भएकाले भारतीय पक्षबाट कञ्चनपुरको सीमा क्षेत्रमा हस्तक्षेप मात्र नभई नेपालीको धर्म–संस्कृतिमा समेत अवरोध पुर्‍याउने गैरसमाजिक काम भएको स्थानीय बताउँछन्। भीमदत्त नगरपालिका–९ का वडाध्यक्ष राना नाथले सदगत कार्यमा एसएसबीले गरेको अवरोध निन्दनीय भएको बताउनुभयो ।

‘आफ्नै भूमिमा सदगत गर्दासमेत भारतीय पक्षबाट अवरोध हुनु गलत हो,’ उहाँले भन्नुभयो, ‘अबउप्रान्त यस्ता विषयमा भारतीय पक्ष जिम्मेवार हुनुपर्छ।’ भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपाल र नेपाली नागरिकमाथि निरन्तर ज्यादती गरिरहेको छ। एसएसबीको व्यवहारले सीमाका नेपाली नागरिकले हैरानी व्यहोरिरहेका छन्।

गत १५ साउनमा दार्चुलास्थित महाकाली नदीमा तुइन तर्ने क्रममा एसएसबीले तुइन फुकालेर नेपाली नागरिक जयसिंह धामी बेपत्ता बनाएको थियो। दार्चुलाको आकासमा निरन्तर हेलिकोप्टर उडाइरहेको समेत स्थानीयको गुनासो छ ।

सम्बन्धित समाचार: दार्चुलाको नेपाली आकाशमा निरन्तर भारतीय हेलिकोप्टर, सेनाको ब्यारेकमाथि उडाउदा पनि सरकार चुप

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?