दार्चुलामा कांग्रेस वडाअधिवेशन २२ र बैतडीमा २१ गते हुने

दार्चुला । दार्चुलामा नेपाली काग्रेशको जिल्ला अधिवेसन भदौ २२ गते र पालिका अधिबेसन २७ गते हुने भएको छ । जिल्लाका ६१ वटै वडामा नेतृत्व चयन गर्न तयारी भइरहेको छ । दार्चुलामा काग्रेशका चार हजार ४७५ क्रियाशील सदस्य रहेका छन् । क्रियाशील सदस्यहरुले जिल्लाका ६१ वडाबाट ९ सय ७६ प्रतिनिधि छनोट गर्ने छन् र तिनैले नेपाली काँग्रेसको पालिका, प्रदेश क्षेत्र, जिल्ला समिति र महाअधिवेशनको टुंगो लगाउने छन् । आसन्न १४ औँ महाअधिवेशनका लागि नेपाली काँग्रेसको क्रियाशील सदस्यहरु मध्ये १ हजार ८ सय ६४ जनाले सदस्यता नवीकरण गराएका छन् भने २ हजार ६ सय ११ जनाले नयाँ सदस्यता लिएको काग्रेश दार्चुलाले जनाएको छ ।

यस्तै बैतडीमा नेपाली कांग्रेसको वडा तहको अधिवेशन २१ गते हुने भएको छ। अधिवेशनका लागि आवश्यक तयारी नपुगेकाले भदौ २१ गते वडा अधिवेशन गर्ने निर्णय भएको नेपाली कांग्रेस बैतडीले जनाएको छ । बैतडीमा एकैदिन ८४ वटै वडामा अधिवेशन गर्ने तयारी छ । निर्वाचन अधिकृत पुष्पराज जोशी जिल्ला आइसेकेपछि वडा अधिवेशनका लागि सबै वडामा मतदान अधिकृत नियुक्त भइसकेका छन्। मतदान अधिकृत नियुक्त गरी उनीहरुलाई आवश्यक प्रशिक्षण दिएर सम्बन्धित केन्द्र पठाइसकिएको छ । क्रियाशील सदस्यतामा कुनै त्रुटि भएमा सच्याउन पाउने अधिकार वडाका मतदान अधिकृतलाई दिइएको छ । बैतडीमा ६ हजार ६०० क्रियाशील सदस्य रहेका छन्।

मङ्सिर ९ गतेदेखि १३ गतेसम्म १४ औँ महाधिवेशन गर्ने गरी नयाँ कार्य तालिका सार्वजनिक गरेको नेपाली कांग्रेसले तल्लो तहको अधिवेशन भदौ १८ देखि कात्तिक १२ गतेसम्म सम्पन्न गर्ने जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?