बैतडीमा चालु आर्थिक वर्षमा ३७ जनामा स्क्रब टाइफस पुष्टि

दार्चुला । बैतडीमा स्क्रब टाइफसका बिरामी बढ्दै गएका छन्। चालु आर्थिक वर्षमा अहिले ३७ जनामा स्क्रब टाइफस पुष्टि भइसकेको जिल्ला अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिनुभयो । जिल्ला अस्पतालमा उपचारका लागि आएका बिरामी मध्ये ३७ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भइसकेको उहाँले बताउनुभयो ।

माइट नामक किर्नाको टोकाईबाट स्क्रब टाइफस हुने भएकाले सरसफाईमा विशेष ध्यान दिनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन्। झाडी, झ्याङ भएका ठाउँमा माइट बस्ने भएकाले सकभर त्यस्तो ठाउँमा नबस्न स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन्।

स्क्रब टाइफस भएमा उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, शरीरमा राता डाबरहरु आउने लगायतका लक्षण देखा पर्छन। यस्ता लक्षण देखिएमा स्वास्थ्य संस्थामा सम्पर्क राख्न समेत स्वास्थ्यकर्मीहरुले बताएका छन्।

स्वास्थ्य संस्थामा चेकजाँच गरेपछि स्क्रब टाइफस भए नभएको बारेमा जानकारी हुने स्वास्थ्यकर्मीहरुले बताएका छन्।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?