दार्चुला । डोटीको आदर्श गाउँपालिका वडा नम्बर ६ गिरिचौकामा एक महिला माथि बलात्कारको प्रयास गरिएको छ । गिरिचौकामा सायल गाउँपालिकाकी एक महिलालाई बलात्कारको प्रयास गरिएको पिडित महिलाले बताउनुभएको छ ।
पीडित महिला १८ गते घरबाट गिरिचौकामा आफन्तलाई भेटघाट गर्न जानुभएको थियो। गिरिचौकाको ढाटवाडा र काडा टोलको बीच जङ्गलमा एक जना अपरिचित पुरुषले आक्रमण गरेको पीडित महिलाको भनाई छ । आफूलाई पहिला हसिया र बञ्चरोले घाइते बनाएको र त्यसपछि बलात्कारको प्रयास गरेको उहाँले बताउनुभयो ।
घटनाका बिषयमा प्रहरीलाई जानकारी आएको र घटनाको अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया